काठमाडौं, (नेस
कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेकाले स्वस्थ्यकर्मीहरुले बिदा नलिन र तयारी अवस्थामा रहन नेपाल चिकित्सक संघले सोमबार विज्ञप्तिमार्फत् आ≈वान गरेको छ।
विगत केही महिनादेखि चीनको बुहानबाट नोवेला कोरोना भाइरस (कोभिड ९) संक्रमण धेरै देशहरुमा पैmलिई धेरै धनजनको क्षति भइरहेको छ। विश्व स्वास्थ्य संगठनले समेत विभिन्न देशहरुका साथै नेपाल पनि उच्च जोखिमको क्षेत्रमा राखि सकेको हुनाले सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सचेत रहनुहुन अनुरोध गर्दछौं। यस संक्रमणले गर्दा आउन सक्ने प्रतिकूल अवस्थाका लागि लामोे बिदामा नबस्नुहुन तथा आ–आप्mना कार्यक्षेत्रमा तयारीका साथ रहनुहुन हार्दिक अनुरोध गर्दछौं।
कोरोना भाइरसको विषयलाई लिई नेपाल चिकित्सक संघले फागुन २२ गते बिहीबार दिउँसो १ बजे संघको केन्द्रीय कार्यालय, सिद्धिसदनमा सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुका प्रमुख, विभिन्न सोसाईटी तथा स्वास्थ्यका सरोकार संस्थाहरुका प्रमुख तथा विज्ञहरुसँग अन्तरक्रिया गरी थप कार्यक्रमहरु तय गर्नेसमेत संघका नवनिर्वाचित महासचिव बद्री रिजालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।











प्रतिक्रिया