मोदीको शुभकामना

0
Shares

काठमाडौं, (नेस)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मृगौला प्रत्यारोपणको सफलताका लागि लागि ट्विटमार्फत शुभकामना दिनुभएको छ।
शुभकामना सन्देशमा मोदीले भन्नुभएको छ– ‘आफ्नो घनिष्ठ मित्र नेपालका प्रधानमन्त्री ओलीको अप्रेसन सफलताका लागि पशुपतिनाथलाई स्मरण गर्दछु। साथै अप्रेसन सफल हुने र छिट्टै सञ्चो हुनेसमेत विश्वास लिएको छु।’
प्रधानमन्त्री मोदीले ओलीको नेतृत्वमा नेपाल र भारतबीच सम्बन्ध सुदृढ भएकोसमेत सन्देशमा दाबी गर्नुभएको छ।