महिला सांसदका लागि संसद परिसरमै ब्यूटी पार्लर खोलिने



ऐजेन्सी । पाकिस्तानको संसद परिसरभित्रै ब्यूटी पार्लर खोलिने भएको छ ।

महिला सांसदहरूका सुविधालाई मध्यनजर गर्दै संसद परिसरभित्रै पार्लर खोलिने भएको हो । सिनेटको एक समितिले इस्लामाबादको प्रशासकीय निकायलाई संसदीय आवास परिसरमा ब्यूटी पार्लर खोल्न निर्देशन दिएको हो ।

समितिमा रहेका महिला सिनेटरहरूले यो मुद्दा उठाएको पाकिस्तानी मिडियाहरुले जनाएका छन् । संसद भवन परिसरमा भएको सिनेटको आवास समिति बैठकले महिला सांसदका लागि ब्यूटी पार्लर खोल्न निर्देशन दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्