बेहुलीले लगाउने सारीको विषयमा विवाद हुँदा बेहुला फरार



एजेन्सी । दाइजो नपाएका कारण बेहुला पक्षले विवाहमा तोडेको हामीले सुन्ने गरेका नै छौँ । तर भारतको कर्नाटक राज्यमा भने बेहुलीले विवाहमा लगाउने सारीको विषयमा कुरा नमिल्दा बेहुला बेपत्ता भएका छन् ।

बेहुला र बेहुलीका अभिभावकबीचक विवाहमा बेहुलीले कस्तो सारी लगाउने भन्ने विषयमा विवाद भएको थियो । हसननगर नजिकै रहेको एक गाँउका स्थानीयबासी बीएन रघुकुमार विवाह अघि बेपत्ता भएका हुन् ।

रघुकुमारका अभिभावकले युवतीलाई विवाह समारोहका दिन लगाउने सारी फेर्न आग्रह गर्दै सारीको गुणस्तरसँग आफूहरु सन्तुष्ट नभएको बताएका थिए । सारीको विषयमा विवाद भएपछि रघुकुमारका अभिभावकले उनलाई विवाहका लागि इन्कार गर्न लगाएका छन् ।

फरार रहेका रघुकुमार र उनका अभिभावकविरुद्ध जालसाजींको मुद्दा दर्ता गरेकाे हसननगर प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्