सरकारलाई हेप्नी ?????



सरकारलाई हेप्नी यो थेगो अव बन्द हुने भएपछि धरहरा चिन्तित भएको छ । प्रधानमन्त्री काम भन्दा कमेडी बढी गर्ने उहांका प्रियपात्र संचारमन्त्री सरकारलाई हेप्नी भन्दै चर्चाको शिखरमा रहकै कारण हरेक नेपालीले हेप्नी शब्दलाई कर्णप्रिय बनाएका थिए । तीनै हेप्नी मन्त्री एकाएक ७० करोड घुस काण्डमा परेपछि राजिनामा दिन बाध्य भए ।

ओली ‘बा’ को दाहिने हात नै गएपछि अव सरकार के होला भन्दै युवाहरु छलफलमा ब्यस्त भएको देखेर धरहरा पनि छक्क परेको छ । मान्छेले हैसियत भन्दा माथि गएर आफ्नो औकात देखाउन थालेपछि के हुन्छ भन्ने उदाहरण सरकारलाई हेप्नी मन्त्री बास्कोटा परेका छन । आफ्नो हैसियत भन्दा माथि गएपछि गुट नमिलेपछि आफ्नै पार्टीका नेताले पनि कसरी यस बिषयलाई उचाल्छन भन्ने उदाहरण मन्त्री बास्कोटाको टेप बाहिरिएपछि सामाजिक संन्जालमा सेयर भएको समाचारले नै देखाउ छ नि ? पूर्व माओवादीहरुले खुच्चिम भन्दै शेयर गरेको समाचारले पनि हेप्नी मन्त्रीलाई कसैले मन पराउदा रहेनछन भन्ने सुइको धरहराले पाएको छ ।

आफ्ना मान्छे जोगाउन कांग्रेसहरु कसरी सडकमा निस्कन्छ त्यो नेकपाका नेताले बुझेको भए पो ? मान्छे मार्ने आफ्ना नेता जोगाउन बिश्वप्रकासहरुसंग तालिम नलिएका नेकपाका नेताहरुलाई के उपमा दिने लौन पाठक बृन्द बाकी तपाईहरुको हातमा है ?

प्रतिक्रिया दिनुहोस्