कोका–कोलाद्वारा राष्ट्रिय निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र बनाउन पहल



चितवन राष्ट्रिय निकुञ्जलाई देशकै पहिलो प्लास्टिकमुक्त संरक्षित क्षेत्र बनाउने पहललाई निरन्तरता दिँदै बोटलर्स नेपाल (तराई) लिमिटेड (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स) ले डब्लुडब्लुएफ नेपालको समन्वयमा चितवन राष्ट्रिय निकुञ्जलाई २५ वटा ठूला पीईटी बोतल कलेक्सन बिन सहयोग गरेको छ।

वन तथा वातावरण मन्त्रालयको अगुवाइमा २०१९ जनवरीमा शुरुवात गरिएको उक्त अभियान चितवन राष्ट्रिय निकुञ्जले कार्यान्वयनमा ल्याएको थियो भने नेपाल आर्मी, वल्र्ड वाइल्डलाइफ फन्ड नेपाल (डब्लुडब्लुएफ नेपाल), हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), राष्ट्रिय प्राकृति संरक्षण कोष, स्थानीय समुदाय र पर्यटन उद्यमीलगायतले सहकार्य गरेका थिए।

कोका–कोला कम्पनीको वल्र्ड विथआउट वेस्ट भिजनअन्तर्गत सन् २०३० सम्म विश्वव्यापी रुपमा आफ्नो प्याकेजिङको सय प्रतिशतबराबर संकलन र रिसाइकल गर्ने प्रतिज्ञा गरेको छ। देशप्रतिको प्रतिबद्धताका रुपमा कोका–कोला नेपालले हिमालयन क्लाइमेट इनिसिएटिभ र क्रियसनसंँग सहकार्य गरेर रिसाइकिलङ सुविधाका लागि काठमाडौं र भरतपुरमा दुईवटा पीईटी बोटल कलेक्शन स्थापना गरेको छ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक तथा बोटलर्स नेपाल (तराई) लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रदीप पाण्डेले भन्नुभयो–‘हामी विश्वास गर्दछौ कि जिम्मेवार अभ्यासको माध्यमबाट वातावरणको राम्रो रेखदेख गर्नु सदाझै हाम्रो व्यवसाय हो। बोटलर्स नेपाल (तराई) यो अभियानको हिस्सा बन्न पाउँदा गर्व गर्दछ।’

प्रतिक्रिया दिनुहोस्