‘रिचार्ज काठमाडौं’ शुरू



काठमाडौं, (नेस)
काठमाडौं महानगरको वडा २६ स्थित आवास क्षेत्रको गोंगवु डबलीमा पानी पुनर्भरण प्रणाली शुभारम्भ गरिएको छ। गोंगबु आवास क्षेत्र सुधार समितिको स्थानीय सहयोग र एकीकृत सहरी विकास केन्द्रको प्राविधिक सहयोगमा स्थापना गरिएको प्रणाली मंगलबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गर्नु भएको हो।

प्रणालीको शुभारम्भ गर्दै मेयर शाक्यले आजबाट ‘रिचार्ज काठमाडौं’ को नमुना योजना शुरू भएको बताउनुभयो। यो हाम्रा लागि सिकाइ पनि हो। ‘यसबाट प्राप्त भएको परिणाम मूल्यांकन गरेर हामी महानगरका सबै वडा र सार्वजनिक तथा खुला जग्गामा पानी पुनर्भरण प्रणाली जडान गर्छौं’ –उहाँले भन्नुभयो।

त्यस क्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले परम्परागत रूपमा बनाइने इनार र ढुंगेधारा जोगाउन नसक्दा काठमाडौंं पानीसँग सम्बन्धित वातावरणीय र व्यवस्थापकीय समस्यामा परेको बताउनुभयो। ‘त्यो समस्याबाट सहरवासीलाई राहत दिन रिचार्ज काठमाडौं थालिएको हो’ –उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो।
‘रिचार्ज काठमाडौं’ कार्यक्रमको नमुना योजना आफ्नै वडाबाट शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दैै वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले यसलाई वडाका अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने योजना सुनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्