प्रतिभा नक्षत्रको अध्यक्षमा सिम्मी



सञ्जयभक्त कँडेल, लन्डन ।

प्रतिभा नक्षत्रको अध्यक्षमा सिम्मी पुन निर्वाचित हुनुभएको छ। संस्थाको प्रथम अधिवेशनले पुनको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ। २०१७ मा स्थापना भई नेपाली कला, संस्कृति र परम्परालाई अघि बढाउन प्रतिभा नक्षत्रको अहम् भूमिका छ।

निर्वाचित हुनेहरूमा कमशः उपाध्यक्ष लक्षुमन गुरुङ, महासचिव सुशील प्रजापति, सचिव सन्तोष कार्की, कोषाध्यक्ष विजया दाहाल भण्डारी, सदस्यहरूमा सूर्यविक्रम केसी, भरतमणि लिम्बु, दीर्घबहादुर केसी, रमण खत्री, राजेन्द्र खस बस्नेत, विष्णुकुमार चोङवाङ लिम्बु, अञ्जना थापा, श्रद्धा थापा, अहिल्या कुँवर, अप्सरा शाक्य, अर्जुन शाही, नवराज कार्की, अभी महर्जन, निरञ्जन खड्का, तारा थापा र रेशम बस्याल रहेका छ्न।

निर्वाचनलाई सफल बनाउन राजेन्द्र सुवेदीको संयोजकत्वमा गठित निर्वाचन समितिका सर्वेन्द्र अधिकारी र हेमन्त सेढाईले प्रसंशनीय भूमिका खेलेका थिए।
अधिवेशनलाई व्यवस्थित बनाउन प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खस, संरक्षक मनीषकुमार श्रेष्ठ, खस समाजका अध्यक्ष इन्द्रकुमार कार्की खस, पूर्वकोषाध्यक्ष सूर्यविक्रम केसीलगायतले अहम् भूमिका निर्वाह गरेका थिए। संस्था स्थापनादेखि नै सहयोगी भूमिका खेलेका कार्यसमिति सदस्य अर्जुन शाहीलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

प्रतिभा नक्षत्रले तीनवटा सफल संस्करण पूरा गरिसकेको छ। नेपाल र नेपालीको रहनशैली परम्परालाई प्रवासी नेपालीका दोस्रो पुस्तालाई हस्तातरण प्रक्रियामा निरन्तर अभ्यास गरिरहेको संस्थाले प्रतिभा नक्षत्र एकेडेमीका माध्यमबाट भविष्यमा महत्वपूर्ण अनुभवहरू शेयर गर्ने तयारी गरेको छ।

सिम्मी पुनको संयोजकत्वमा गठित प्रतिभा नक्षत्रको तदर्थ समितिले यसअघि नै नेपाली राजदूतावास लन्डन, बेलायतको माथिल्लो सदन पार्लायमेन्ट स्क्वायरमा आफ्नो प्रस्तुति दिइसकेको छ। यसले विभिन्न क्रियाकलापबाट एनआरएनए यूकेलगायत विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गर्दै आफ्नो सफल सांगठनिक भूमिकामार्फत एउटा सफल संस्थाका रूपमा यूके नेपाली र अन्य समुदायमाँझ प्रतिभा नक्षत्रलाई कुशल स्थापित गरेको हो।

प्रतिक्रिया दिनुहोस्