पौडेलविरुद्ध मुद्दा दायर



काठमाडौं, (नेस)।

घूस लिएको आरोप लगाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले सूचना तथा सञ्चार विषयमा सेवाग्राहीसँग १ लाख रुपियाँ घूस लिएको आरोप लगाइएको छ। अख्तियारको टोलीले पौडेललाई घूस लिएको अवस्थामा पक्राउ गरेको उल्लेख गरिएको छ। आरोपपत्रमा पौडेलविरुद्ध १ लाख रुपियाँ बिगो कायम छ।

प्रतिक्रिया दिनुहोस्