देवीचौरमा आगलागीमा तीन घर खरानी



ललितपुर, (नेस)। 

ललितपुरको गोदावरी नगरापालिका–७ तीनदोबाटोमा विद्युत् सर्ट भई प्रेमबहादुर तामाङको घरबाट सल्केको आगोबाट तीन घर जलेर खरानी भएको छ।

त्यस्तै धेरै चौपाया र धनमाल खरानी भएको छ। प्रेमको घरमा रहेको मकै पिन्ने कलबाट बुधबार दुई बजे एक्कासि विद्युत् सर्ट भई आग्लागी भएको प्रहरी चौकी टीकाभैरबका प्रमुख प्रहरी नायव निरीक्षक कृष्ण थापाले जानकारी दिनुभयो।

आग्लागीबाट प्रेमको घरसँग जोडिएको किराना पसल, चिया पसलमा समेत आगो सल्केको थियो। आग्लागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगलागीबाट ११ वटा बाख्रा र २२ वटा कुखुराका साथै मकै, कोदो जस्ता अन्नको खरानी भएको थियो।

दुई लाख बराबरको मिल र ६ लाख पचास हजारबराबरको पसलको सामानको समेत खरानी भएको प्रहरीले जनाएको छ। पुल्चोकबाट दमकलको सहयोगमा स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।

प्रतिक्रिया दिनुहोस्