डा. केसीको चेतावनी



काठमाडौ (नेस)।

डाक्टर गोबिन्द केसीले मेडिकल क्षेत्रमा देखिएको बेथिती अन्त्यकालागि सरकारले सहयोग नगरेको बताउनु भएको छ।

उहांले सरकारले मेडिकल शिक्षाका बिभिन्न कोर्षमा शुल्क तोक्ने, चिकित्सा शिक्षा ऐन ल्याउन सरकार बाध्य भएपनि कार्यान्वयन पक्ष फितलो भएको डा. केसीले बताउनु भएको छ।

मेडिकल माफिया बिरुद्ध बिद्यार्थीको आन्दोलनलाई सरकारले समर्थन गर्नुको सट्टा सरकार मौन बस्नु र अबैध रूपमा रूपमा असुलेका रकम फिर्ता गर्न सरकारले तत्परता देखाउन उहांले सरकारलाई आग्रह गर्नु भएको छ।

डा केसीले असुलेको रकम फिर्ता नगर्ने मेडिकल कलेजको संवन्धन खारेज गर्न सरकारलाई आग्रह गर्नु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्