१०५ वर्षिया हजुरआमाले प्रथम श्रेणीमा गरिन् ४ कक्षा पास



ऐजेन्सी । ‘खाने मुखलाई जुङ्गाले छेक्दैन’ यो पंक्तिलाई एक १०५ वर्षिया हजुरआमाले पुष्टि गरेकी छन् ।

भारतको केरलामा बस्दै आएकी एक सय पाँच वर्षकी एक वृद्धाले ७४.५ प्रतिशत अंक हासिल गरी ४ कक्षा पास गरेकी छन् । भगिरथी अम्मा नाम गरेकी वृद्धा गत वर्षको नोभेम्बरमा केरला प्रान्तमा भएको साक्षरता अभियानद्वारा आयोजित ४ कक्षाको परीक्षामा सहभागी भएकी थिइन् ।

६ जना छोराछोरीका साथसाथै १६ जना नाति, नातिनी भएकी भगिरथीले उक्त परिक्षमा कूल २ सय ७५ पूर्णांकमा २ सय ५ ल्याउँदै ७४.५ प्रतिशत अंक हासिल गरेकी छन् ।

११ हजार ५९३ जना विद्यार्थीहरू सामेल भएको उक्त परिक्षामा १० हजार १२ जना पास भएका छन् । जसमध्ये ९४५६ जना महिला मात्रै रहेका छन् ।

तीन कक्षामा पढ्दै गरेकी भगिरथीले ९ वर्षको उमेरमा पारिवारिक कारणले पढाइ छाड्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्