मेयरलाई प्रधानमन्त्री बनाऔँ



महागढीमाई यो शब्दले हिन्दूहरूलाई नछुने कुरै भएन हरेक ४ वर्षमा त्यहाँ हजारौंको संख्यामा बलि दिने गरिएको छ। त्यसको समर्थन र विरोधमा मुलुकभर उग्र नारा नलाग्ने गरेको पनि होइन। तर, आफ्नो संस्कार छोड्न को तयार होला र पाठकवृन्द।
गढीमाई मन्दिर वरपर सोमबारको एउटा दृश्यले भने धरहराको मन खिचेको छ। महागढीमाई नगरपालिकाका प्रमुख जो आफूलाई जनप्रतिनिधि पनि भन्छन् उनले गरेको एउटा दृश्य भने हेर्न लायक थियो। एकजना युवाले मेयरसाप उपेन्द्र यादवलाई विकास नगर्ने मेयर भन्दै फेसबुकमा फोटोसहितको भिडियो अपलोड गरिदिए।
उनी फेसबुकमा मेयरले गरेको गल्तीबारे जनतालाई जानकारी गराउन के खोजेका थिए मेयरसापले स्टालिन शैलीमा ती युवालाई कार्यालयमा बोलाएर रामधुलाई मात्र गरेनन् मेयरसापले ती वृद्धलाई सार्वजनिक शौचालयमा लगेर थुनी नै दिएछन्।
सार्वजनिक शौचालयमा थुनिएका ती वृद्धलाई बाहिर निकालेर मेयरसापले भने हेर बूढा तेरो छोरो यहाँ ल्याइनस भने भरे म आफैँ घर आएर तँलाई ठीक पार्छु। यो संवाद सुनेपछि धरहरालाई लाग्यो ती मेयरलाई जनताको सेवामा होइन सीधै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने लाइनमा धरहरा पुगेको छ। यस्ता मेयर जिताउने जनतालाई धिक्कार नभनेर फूलमाला लगाइदिनु त ?

 

 

प्रतिक्रिया दिनुहोस्