आधुनिकता 



हरिकृष्ण सिलवाल
गाउँघरको बस्ती अब शहरतिर लाग्यो
जन्मिएको घरगाउँ आज नौलो लाग्यो।।

मकै, रोटी, ढिँडो, पुवा गाउँ छोडी भाग्यो
पत्रु खाना पकेटहरू आज अघि लाग्यो।।

आधुनिक भए सबै सम्पन्नता आयो
नेपालीले दासताको मनोवृत्ति पायो।।

कोल, घट्ट, छपनीको दर्शन पाइन छाड्यो
अँगेनीको तीनखुट्टे वदान कता भाग्यो।।

गाउँघरको सीप चलन कतातिर लागे
हाम्रोपन, हाम्रो संस्कार गाउँ छाडी भागे।।

विस्थापित भो अर्गानिक हाम्रो बाली नाली
आज हामी बन्न गयौं आधुनिक खालि।।

प्रतिक्रिया दिनुहोस्