सामुदायिक साकोस सम्मानित



मोतीराम तिमल्सिना, काभ्रे।

जिल्लाको पनौती नगरपालिका ४, टौखालमा केन्द्रिय कार्यालय रहेको सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सहकारी प्रबद्र्धनमा उत्कृष्ट योगदान पुर्याएकोमा सम्मान गरिएको छ।

बागमती प्रदेशको दोस्रो वार्षिकोत्सवको अवसरमा हेटौडामा आयोजित कार्यक्रममा प्रदेशको सहकारी प्रबद्र्धन क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप प्रदेश अध्यक्ष विश्व प्रसाई र मुख्य मन्त्री डोरमणी पौडेलबाट सहकारीलाई सम्मान गरिएको हो।

२०५१ सालमा स्थापित उक्त संस्थाले काभ्रेपलाञ्चोक जिल्ला भर कार्य क्षेत्र बनाई जिल्ला भित्रका सात वटा स्थानीय तह भित्र सेवा केन्द्र मार्फत सेवा प्रदान गरिरहेको अध्यक्ष प्रकाश बञ्जाराले बताउनु भयो।

२५ हजार शेयर सदस्य र २ अर्व पुँजी परिचालन गरिरहेको उक्त संस्थाले प्रत्यक्ष रुपमा ६० जनालाई रोजगारी दिईरहेको छ। सदस्यहरूलाई स्वःरोजगार बनाउन तालिम, शिक्षा तथा ऋण लगानी सहित सदस्यहरूलाई जन्म देखि मृत्यु सम्मको सेवा सुविधा प्रदान गर्दै अघि बढीरहेको उक्त संस्थाले कार्य क्षेत्र भित्रका समुदायलाई सम्भावित सदस्यको रुपमा लिई समुदायमुखी क्रियाकलापहरू अघि बढाउँदै उत्कृष्ट कार्य सम्पादन गरेको अध्यक्ष बञ्जाराले बताउनु भयो।

२०६५ सालमा राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी ब्यवसाय, २०६८ सालमा नेफ्स्कुनबाट उत्कृष्ट संस्था र उत्कृष्ट ब्यवस्थापक, २०७३ सालमा राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट प्रदेश ३ को उत्कृष्ट संस्था, २०७५ सालमा नेफ्स्कुनबाटै उत्कृष्ट ब्यवस्थापकको पुरस्कार प्राप्त गरिसकेको छ । सरकारी तहबाट यस वर्ष वागमती प्रदेशको उत्कृष्ट सहकारीको रुपमा सम्मानीत भएको छ।

प्रतिक्रिया दिनुहोस्