बाल शास्त्रीय संगीत प्रतियोगिता



किराँतेश्वर संगीताश्रमको आयोजनामा राजधानीको पशुपति परिसरमा २७औं राष्ट्रिय बाल शास्त्रीय संगीत प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगितामा गायन, सुर र ताल वादन विधामा बालकलाकारले आ–आफ्नो कला प्रतिभा प्रदर्शन गरेका थिए।

सुरवादनतर्फ तिसा वज्राचार्य प्रथम, युनिका वज्राचार्य द्वितीय, प्रसन्न हुमागार्इं तृतीय र अर्घिता महर्जन सान्त्वना भइन्। त्यस्तै गायनतर्फ अनिक्वा हुसेन प्रथम, सवक बर्मा द्वितीय, सौरभ थापा तृतीय र उमा थपलियाले सान्त्वना स्थान हासिल गरेका थिए।

तालवादनतर्फ निर्जन डंगोल प्रथम, तेजस्वी घिमिरे द्वितीय र प्रहर्ष महर्जन र आयुष गौतम सान्त्वना भएका थिए। प्रतियोगिताका विजयीलाई आइतबार एक समारोहबीच प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको छ।

प्रतियोगिताको निर्णायक मण्डलमा इशराज वादक सन्तोषभक्त श्रेष्ठ, गायक विष्णु आचार्य र नवराज गुरुङ रहेका थिए। बालबालिकामा शास्त्रीय संगीतको महत्व र रुचि पैदा गर्न हरेक वर्ष सो कार्यक्रम आयोजना गरिँदै आएको आयोजकले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्