द रोलिङ स्टोन्स स्कुलको अभिभावक दिवस



मरु भीमसेनथान स्थित द रोलिङ स्टोन्स स्कुलको तेस्रो अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल दिरेकलाल श्रेष्ठले अभिभावक दिवसको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विद्यालयमा कक्षा ७ की सुजता श्रेष्ठलाई सर्वोत्कृष्ट विद्यार्थीबाट सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रिन्सिपल श्रेष्ठले यो भेगको उत्कृष्ट विद्यालय हुन पुगेकोमा खुसी व्यक्त गर्दै अभिभावकको हितका लागि थप अतिरिक्त कार्यक्रमहरू सञ्चालन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अभिभावकलाई हौसला दिँदै उहाँले भन्नुभयो– ‘ तपाईंहरूको बालबच्चाको हेरचाह हामीले गरिरहेका छौं,अहिले बालबालिकालाई समय दिनुभयो भने पछि उनीहरुले पनि तपाईंहरूलाई समय दिनेछन् , यदि अहिले उनीहरुको झोलामा कापी कलम मात्रै राखीदिनुभयो भने उनीहरुले पनि पछि जेष्ठनागरिक हुँदा तपाईंहरूको टेबलमा औषधी राखी दिनेछन् ।’

छोराछोरीलाई मोबाइल र टिभीबाट टाढै राख्न सुझाव दिँदै भन्नुभयो– ‘यदि तपाईंहरूले छोराछोरीका लागि समय दिनुभयो भने मोबाइल र टिभी कम हेर्नेछन्।’विद्यालयले प्रारम्भिक बालविकासमा भर्ना भएका साना बच्चाहरूलाई प्रयोगात्मक शिक्षा दिइएको उहाँले बताउनुभयो।

विद्यालयले पठनपाठन अतिरिक्त विद्यार्थीहरूको क्षमता विकास गर्न खेलकुद, मनोरञ्जन, नृत्यकला, वक्तृत्वकला, चित्रकला, हस्तकलालगायतका विषयमा बढी ध्यान केन्द्रित गरेको छ। बालकक्षाका विद्यार्थीलाई लेगो खेलौनाले सिकाउने गरिरहेको छ। विदेशीको सहयोगमा पठनपाठन गराइरहेको सो विद्यालयमा लायन्स क्लब अफ डेनमार्क, लेगो फाउन्डेसन र अमेरिकन प्रोफेसरले लगातार सहयोग गरेका छन्।

कार्यक्रममा प्रिन्सिपल श्रेष्ठले अतिरिक्त क्रियाकलापअन्तर्गत नृत्य, खेलकुद प्रतियोगितामा उत्कृष्ठ हुने विद्यार्थीलाई ट्रफी, पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा खेलकुदअन्तर्गत फुटबलमा अनुप भण्डारीलाई हाइ स्कोरर, पारस केसीलाई वेस्ट प्लेयर र तेन्जिङ लामालाई बेस्ट प्लेयरको उपाधि प्रदान गरेको थियो।

शिक्षकको व्याडमिन्टनतर्फ जीवन पाण्डे र मेसक शेर्पा र शिक्षिकातर्फ ऋतु स्थापित र प्रतिमा जोशी पुरस्कृत भएका थिए। विद्यालयले विभिन्न २२ विधामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कृत गरेको थियो।

पुरस्कृत हुनेहरूमा जुनियर नृत्यतर्फ कक्षा ४ की इभाषा श्रेष्ठ र सिनियरतर्फ कक्षा ७ की सुजता श्रेष्ठ, गायनतर्फ मनिसा श्रेष्ठ, विकास गौतम र तेन्जिङ लामा क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए।

प्रतिक्रिया दिनुहोस्