पारासाईटलाई ओस्कार २०२० को उत्कृष्ट चलचित्र अवार्ड



काठमाण्डौ ।

कोरियन चलचित्र पारासाईटले सन् २०२० को उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।हलिउड चलचित्रको सबैभन्दा सम्मानित अवार्ड मानिएको ओस्कारमा यो वर्ष निर्देशक बोङ्ग जून–होको निर्देशनमा बनेको चलचित्र पारासाईट सर्वोत्कृष्ट बनेको छ । सर्वोत्कृष्ट निर्देशकको अवार्ड पनि पारासाइटका निर्देशक बोङ्गले नै जितेका छन् ।

सर्वोत्कृष्ट चलचित्रमा पारासाइटले १९१७, जोकर, वन्स अपअन अ टाइम इन हलिउड, लिटल वुमन, म्यारिज स्टोरी, द आइरिस म्यान, जोजो ¥याबिट तथा फोर्ड भर्सेज फरारीलाई पछि पारेको हो । पारासाइटले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अर्थात अंग्रेजी भाषाभन्दा बाहिरको चलचित्रको अवार्ड पनि जितेको छ ।

अमेरिकाको लस एन्जलसमा रहेको डल्बी थिएटरमा बिहान भएको ९२ औँ संस्करणको ओस्कार अवार्डमा जोकरका लागि वाकिन फिनेक्सले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते ।

यस्तै सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जुडीका लागि रेने जेल्वेगरले जितिन् । ब्राड पिटले सर्वोत्कृष्ट सहअभिनेता तथा म्यारिज स्टोरीका लागि लोरा डर्नले सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितिन् ।

प्रतिक्रिया दिनुहोस्