वार्षिक १ करोड ८९ लाख कमाउने बैंकरले २ सयको स्यान्डविच चोरेपछि



ऐजेन्सी । क्यान्टिनबाट स्यान्डविच चोरी गरेर खाएको आरोपमा एक उच्च बैंकरलाई कम्पनीले निलम्बित गरेको छ । ३१ वर्षीय पारस साहलाई स्यान्डविच चोरी गरेको आरोपमा बैंकिङ कम्पनी सिटी ग्रुपले कारवाही गरेको हो ।

उनले युरोप, मध्य पूर्व र अफ्रिकाका लागि सिटी ग्रुपको उच्च ब्राण्ड ट्रेडिगको प्रमुखको रुपमा काम गर्दै आएका थिए । बैंकिङ कम्पनीमा काम गर्ने उनको वार्षिक आम्दानी १४ करोड ८९ लाख १४ हजार रहेको थियो ।

चोरीको आरोप लागेका साहले भने आफूलाई स्यान्डविच धेरै नै मनपर्ने बताएका छन् । यूरोपको सबैभन्दा ठूला क्रेडिट व्यापारीमध्ये एक रहेका उनी सिटी बैंकका एक वरिष्ठ अधिकारी पनि रहेका छन् । साहले कहिले र किन क्यान्टिनबाट खाना चोरेको हो भने स्पष्ट भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्