तिमीले पनि सताउँछौ



डीबी खड्काको नयाँ गीत तिमीले पनि सताउँछौ, मैले पनि सताउँछु सार्वजनिक गरिएको छ। संगीतकारसमेत रहेका गायक डीबीको गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।

गीतमा डीबीलाई गायनमा गायिका मेलिना राईले साथ दिएकी छन्।गीतमाथि म्युजिक भिडियोसमेत निर्माण गरिएको छ। कलेज जीवनमा हुने प्रेम र रोमान्सको थिममा गीतको म्युजिक भिडियो तयार भएको छ।

भिडियोमा समुद्र वाग्ले र याङ्सु श्रेष्ठले अभिनय गरेका छन्। क्रान्ति केसीको सम्पादन तथा निर्देशन रहेको भिडियोको कोरियोग्राफी अजय रेग्मीले गरेका हुन्।रत्न बेहोसी र रामकुमार राईको शब्द रहेको गीतमा संगीत डीबी खड्काले भरेका छन्। गीत डान्सिङ रोमान्टिक शैलीमा तयार भएको छ।

प्रतिक्रिया दिनुहोस्