टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु



न्युज अफ नेपाल, विराटनगर ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० जरुवा स्थित खोर्साने केराबारी सडक खण्डमा टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ ।

सोमबार बिहान खोर्सानेबाट केराबारीतर्फ जाँदै गरेको प्रदेश नं.१–०२–००१ ख ८१०९ नं.को ट्रिपरले सोहि दिशा तर्फ जादै गरेका साइकल यात्री सुन्दर हरैचा –१० बस्ने ४७ वर्षीय बाबुराम कार्कीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते कार्कीको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । टिपर र टिपर चालक मोरङ बुढीगंगा गाउँपालिका –१ बस्ने ४२ बर्षीय छत्रबहादुर झागरलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चार जना सवार मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका–१ स्थित कान्छी चौकमा स्कुल बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान कान्छी चौक स्थित भित्री सडक–खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को१७प ७९४ नं.को मोटरसाईकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ७५५६९मधुमल्ला चिल्ड्रेन एकेडेमी बोर्डिङ स्कुलको बसले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक मिक्लाजुङ गाउँपालिका–६बस्ने २६ वर्षीय डेकेस बि.क, पछाडी सवार उनकी श्रीमती २० वर्षीया सिर्जना बि.क, ३ वर्षीया छोरी प्रतिक बि.क.र सासु आमा ४३ वर्षीया कल्पना ठंटाल बि.क.घाईते हुनु भएको थियो ।

घाईते चारै जनालाई उपचारको लागि बिराटनगर नर्सिङ होम ल्याईएकोमा बिहान ११ बजे प्रतिक बिकको उपचारको क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बस चालक झापाको झापा गाउँपालिका–६ घर भई हाल मोरङ उर्लाबारी बस्ने ४१ वर्षीय गंगाराम पौडेल र दुवै सवारी साधन इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कायाइलय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्