न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल भारोत्तोलन संघको शनिबार सम्पन्न साधारण सभामा रामकृष्ण श्रेष्ठ (बोस) अध्यक्ष पदमा निर्वाचित भएका छन् । साधारण सभामा श्रेष्ठ उनका प्रतिद्वन्दी बिजेन्द्र बिक्रम शाहलाई २ मत अन्तरले पराजित गर्दै ४ बर्षका लागि संघका नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसअघि संघका उपाध्यक्ष पदमा रहेका श्रेष्ठले ३० मत पाएका थिए । त्यस्तै संघको पाँच उपाध्यक्ष, महासचिव, सहसचिव र कोषाध्यक्ष भने निर्विरोध निर्वाचित भए । उपाध्यक्षमा पार्थसारथी सेन गुप्त, जगदिश प्रधान, समसुद्दिन सिद्धिकी, राजनकुमार बड्गामी र रुकेश तण्डुकार चयन भए । यस्तै महासचिवमा तिलकबहादुर राउत, सहसचिवमा रामेश्वर श्रेष्ठ र कोषाध्यक्षमा रुद्रबहादुर न्यौपाने चयन भए ।
सचिवमा भने कुमारमान श्रेष्ठ निर्वाचित भए । १० सदस्यका लागि भएको मतदानमा सदस्यमध्ये गीता श्रेष्ठ निर्विरोध निर्वाचित भइन् । उनी महिला सदस्यतर्फ निर्विरोध भएकी हुन् । अन्य सदस्यहरुमा शिवनारायण चौधरी, गोपालबहादुर श्रेष्ठ, रत्नमान माली, महेशप्रसाद यादव, शत्रुघन यादव, दीपेन्द्रकुमार ठाकुर, प्रेमकुमार कौशल, राजेन्द्र प्रधान र अजय शाही निर्वाचित भए ।











प्रतिक्रिया