विमानसँग विवाह गर्दै महिला !



न्युज अफ नेपाल, काठमाडौं ।

जर्मनीको राजधानी बर्लिनमा बस्ने ३० वर्षकी मिहेल कोबकेले मार्च २०२० मा विमान ७३७–८०० सँग विवाह गर्ने निर्णय गरेकी छन् । विवाह नेदरल्याण्डको आम्स्टर्डममा हुनेछ । सन् २०१४ मा टेगल एरर्पोटमा उनले पहिलो पटक उक्त्त विमान देखेकी थिइन् । त्यही समयदेखि उनी विमानसँग प्रेममा परिन् र विवाह गर्ने योजना बनाइन् ।

कोबकेलाई विमानको पखेटा र थ्रस्टहरु मनपर्छ । उनका अनुसार, यो उनको लामो दुरीको प्रेम हो । उनी विमानलाई मायाले ‘सात्स’ भन्ने गर्छिन् । जर्मन भाषमा सात्स भनेको मनपर्ने मान्छे हो ।

विमानलाई हेर्न उनी जतिबेला पनि विमानस्थल पुग्छिन् । उनको विमान कालिगढ बन्ने सपना छ । विमानसँग आफूलाई टाढा राख्न डराउने उनले एक विमान खेलौना किनेकी छिन् । उनी खेलौनासँग नै सुत्छिन् र सधैं आफूसँग राख्छिन् ।

कोबकोले विमानसँग प्रेम गर्छिन् । जुन एक प्रकारको व्याकुलता हो, जसमा कुनै व्यक्ति निर्जीव वस्तुको साथ प्रेममा पर्दछ । यसलाई ‘अब्जेक्टोफिलिया’ भनिन्छ ।

मिशेलका अनुसार, सन् २०११ मा उनी एक व्यक्तिको प्रेममा थिइन् । तर उनी त्यो प्रेममा खुशी थिइनन् । उनी भन्छिन्, ‘सात्स नै मेरो पहिलो प्रेम हो । अरु विमानभन्दा सात्स फरक छ । सात्सप्रति मेरो प्रेम अरुले बुझ्न सक्दैनन् । यात्राको क्रममा म उसलाई अझै बढी चिन्छु ।’

प्रतिक्रिया दिनुहोस्