यस्तो प्रथाः जहाँ जन्ती बहिनीले लिएर जान्छिन्, दुलाहा घरमा बस्छन्



काठमाडौँ ।

विवाह दुई व्यक्तिहरू नर र नारीको सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवारबीच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । तर यहाँ एउटा अपत्यारीलो तर वास्तविक विवाहको प्रथा रहेको छ ।

भारतको गुजरात प्रदेशको उदयपुर शहरमा बस्ने आदिवासीहरूको अनौठो वैवाहिक परम्परा रहेको छ । जहाँ युवतीको विवाहमा दुलाहा सामेल हुन पाउँदैन ।

नियमानुसार दुलहीसँग दुलाहाकी बहिनी विवाह मण्डपमा बस्छिन् । दुलाहा भने आफ्नो घरमा आफ्नै आमासँग बसिरहेको हुन्छ । यता उसको बिहे भइरहेको हुन्छ ।

दुलहीको घर जन्ती पनि दुलाहाकै बहिनीले लिएर जान्छिन् । दुलहीले हुनेवाला दुलाहाको बहिनीसँग यज्ञमा सात फेरो लिएपछि विवाह सम्पन्न हुन्छ ।
अहिलेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिला गुजरातका मुख्यमन्त्री थिए । उनले पनि यस प्रथाका बारेमा चासो राखेका थिए । तर उनले हस्तक्षेप भने गरेनन् ।

सुरखेडा गाउँका एक बासिन्दाले भने ‘विवाहको सबै कर्म दुलाहाको बहिनीले सम्पन्न गछिन् ।’ तीन गाउँमा मान्दै आएको यो प्रथामा यस्तो गरिएन भने केही ठूलो घटना हुने मान्यता रहीआएको छ ।

धेरैले यो प्रथा तोड्ने कोशिस गरेका थिए तर उनीहरूमाथि नराम्रो घटना घट्यो । कसैको बिहे असफल भयो भने कोही दुर्घटनामा परेर मृत्यु भयो ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्