अभिनेत्री श्रुतिलाई मदिराकाे लत


काठमाडौँ ।

बलिउडमा समेत चर्चित साउथ फिल्मकी अभिनेत्री श्रुति हसनले कुनै समय आफूलाई मदिराले नराम्ररी डुबाएको खुलासा गरेकी छन्। मदिराको लतको बारेमा खुलेर बताएकी थिइन् की उनलाई एक समय ह्विस्कीको यति लत लागेको थियो कि जसको कारण उनले फिल्मबाट नै ब्रेक लिएकी थिइन्।

फिल्ममा आउनुअघि मोडलिङ गरेकी हसन गायिका र संगीतकार पनि हुन्। उनले आफ्नो पिताको फिल्म ‘थेवार मगन’ मा ६ वर्षमै गीत गाएकी थिइन्। फिल्म ‘लक’ बाट बलिउडमा डेब्यु गरेकी श्रुतिले सोनु सुद स्टारर फिल्म ‘रमैया वस्तावैया’ मा पनि भूमिका निभाएकी थिइन्।

उनले अक्षय कुमारको फिल्म ‘गब्बर इज ब्याक’ पनि मुख्य भूमिका निभाएकी छन्। कुनै समय तामिल स्टार सिद्धार्थसँग उनको नाम जोडिएको थियो। विज्ञापनमा समेत खेलेकी थिईन । उनी यतिबेला फिल्म क्षेत्रबाट टाढिँदै गएकी छन्।
अभिनेत्री श्रुति साउथका सुपरस्टार कमल हसनकी छोरी हुन्।

एजेन्सी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।