नेपाल र मुकारुङलाई भोजपुर प्रतिभा



बेलायतमा रहेका भोजपुरे स्रष्टा–सर्जकहरूले १२ वर्षअघि स्थापना गरेको भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ इतिहासकार ज्ञानमणि नेपाललाई यस वर्षको ‘भोजपुर प्रतिभा सम्मान’ र युवा गायक भीषण मुकारुङलाई ‘भोजपुर प्रतिभा पुरस्कार’ प्रदान गर्ने भएको छ।

प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।संस्थाका महासचिव नरेश काङमाङ राईका अनुसार नेपाली इतिहासका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत नेपाललाई र गायन क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत मुकारुङलाई सम्मानित तथा पुरस्कृत गरिने निर्णय गरिएको हो।

राईका अनुसार सम्मानमा टोपी, माला, दोसल्ला, सम्मानपत्रका साथै नगद १५ हजार रुपियाँ रहेको छ भने पुरस्कारमा टोपी, माला, सम्मानपत्रसहित नगद ३० हजार रुपियाँ राशि रहेको छ।

सम्मान तथा पुरस्कार आगामी फागुनको तेस्रो साता काठमाडौंमा एक समारोहको आयोजना गरी अर्पण गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्