स्वास्थ्य चौकीका कर्मचारी पासो लगाएको अवस्थामा मृत भेटिए



न्युज अफ नेपाल, दैलेख ।

दैलेखको भैरबी गाउँपालिका ४ स्थित भैरीकालिकाथुम स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कर्णबहादुर थापा मृत अवस्थामा भेटिएका छन् ।

४२ वर्षीया थापाको शव गलबन्दीको पासो लगाएको अवस्थामा घरमै भेटिएको प्रहरीले जनाएको छ । थापाको शव पोस्टमार्टमका लागि दैलेख अस्पताल ल्याउने तयारी भइरहेको छ ।

थापाले आत्महत्या गरेको वा हत्या भएका भन्नेबारे पोस्टमार्टमपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्