खोटाङमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते



न्युुज अफ नेपाल, खोटाङ ।

खोटाङमा भएको ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानको ऐँसेलुखर्कमा ट्रयाक्टर दुर्घटना हुँदा चालक उदयपुर त्रियुगा नगरपालिका ६ जलजले घर भएका २८ वर्षीय देवनारायण चौधरीको घटनास्थलमै ज्यान गएको हो ।

हलेसीबाट रावाबेँसी गाउँपालिकाको रभुवातर्फ जाँदै गरेको ना ५ त ७१५४ नम्बरको रित्तो ट्रयाक्टर आइतबार राति दुर्घटना भएको थियो ।ट्रयाक्टर सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रौतहट चन्द्रनिगाहपुर घर भई हलेसीमा व्यवसाय गर्दै आएका २० वर्षीय राजु शाह घाइतेभएका छन् । घाइते शाहको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्