चीनमा फैलियो डरलाग्दो भाइरस, थप १ सय ३९ जना संक्रमित, ३ काे मृत्यु



ऐजेन्सी । चीनमा फैलिएको डरलाग्दो भाइरसका कारण माहामारी फैलिएको छ । सुरुमा चिनको वुहानमा देखिएको उक्त भाइरस अन्य सहरहरुमा पनि फैलिएको जनाइएको छ ।

सो भाइरुले दुई दिनमा १३९ वटा नयाँ सङ्क्रमणका घटनाहरू थपिएको छ । भाइरसका कारण चिनमा सयौँ मानिस थलिएका छन् भने ३ जनाको मृत्यु समेत भइसकेको छ । यस भाइरसले स्वास प्रस्वासमा समस्या पार्ने जनाइएको छ । गएको डिसेम्बर महिनामा वुहानमा देखिएको यो सङ्क्रमणमा कोरोना भाइरस देखिएको अनुसन्धाकर्ताले उल्लेख गरेका छन् ।

उक्त भाइरसबाट निमोनियाको सङ्क्रमण देखिएको छ । भाइरसको सङ्क्रमण अन्य देशसम्म पनि पुग्न थालेको छ । यो भाइरस दक्षिण कोरिया, थाइल्यान्ड र जापानमा पनि देखिएपछि चीनबाट आउने यात्रुको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको छ। वेलायती चिकित्सकहरुले भने चिनमा १७ सयभन्दा बढी मानिस कोरोना भाइरसका कारण संक्रमित भएको अनुमान गरेको छ ।

कोरोना भाइरसका कारण मानिसको स्वास प्रस्वासमा समस्या हुने, ज्वरो आउने, कफ आउने लगायतका समस्या देखिने बताइएको छ ।

सि फुडको माध्यमबाट सो भाइरस फैलिएको अनुमान गरिएको छ । यस्तै, विश्व स्वास्थ्य संगठनले मासु तथा अन्डाजन्य पदार्थ राम्रोसँग पकाएर खान र अनावश्यक जनावरसँग नजिक नहुन आग्रह गरेको छ ।

भाइरस माहामारीका रुपमा फैलिएकाले चिनसँगै जोडिएका देशहरुमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्