भक्तपुरबाट ९ जुवाडे पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुर जिल्लाको सुर्यबिनायक र सुकुलढोकाबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

सूर्यबिनायक नगरपालिका ८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ५ जनालाई नगद ४६ हजार ७ सय ३० रुपैयाँ र ६ बुक ताससहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।
यसैगरी, भक्तपुर नगरपालिका ४ सुकुलढोका बस्ने शैलेन्द्र कुमार हालेयो जोशीको टिपिकल नेवारी खाजाबाट जुवातास खेलिरहेको अवस्थामा जोशी लगायत ४ जनालाई नगद ४२ हजार ८ सय २५ रुपैयाँ र ५ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्