हाब्रेको छालासहित ३ जना पक्राउ



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका १७ ग्वार्कोबाट हाब्रेको छालासहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जाजरकोट बाँडेकोट नगरपालिका ५ बस्ने २० वर्षीय हेम राज बिक, सोही नगरपालिका ४ बस्ने २० वर्षीय तिलक बस्नेत र नलगाड नगरपालिका ५ बस्ने २३ वर्षीय राजेन्द्र चुनारा रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका १७ ग्वार्कोस्थित बीएस क्याफेबाट उनीहरुलाई हाब्रेको १ थान छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्