३१ थान नक्कली नोटसहित पक्राउ



काठमाडौं(नेस)।

काठमाडौं महानगरपालिका–१४ कलंकी चोकबाट १ हजार दरको ३१ थान नेपाली नक्कली नोटसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बारा निजगढ घर भएका अनुस थापा मगर र सोही ठाउँ बस्ने रवि आले मगर रहेका छन्। महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्