रवि लामिछानेले पाए सफाइ



काठमाडौं (नेस)।

आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका टेलिभिजन कर्मी रवि लामिछानेलगायतका चितवन जिल्ला अदालतले आइतबार सफाइ दिएको छ। न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेलगायत प्रतिवादी बनाइएको तीनै जनालाई सफाइ दिएको हो।

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाई सरकारले गत भदौ ८ गते चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

सो मुद्दामा लामिछानेलगायत अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई प्रतिवादी बनाइएको थियो।
यस अघि थुनछेकको क्रममा लामिछानेलाई पाँच लाख र कँडेललाई ३ लाख रुपैयाँमा रिहा गरिएको थियो। रुकुलाई भने साधारण तारेखमा छाडिएको थियो।

प्रतिक्रिया दिनुहोस्