एसिडको खुल्ला व्यापार बुझ्न दिपीकाको सर्वेक्षण



एसिड आक्रमणबाट पीडित भारतीय युवती लक्ष्मी अग्रवालको कथामा निर्मित फिल्म छपाकले धमाकेदार व्यापार गरीरहँदा यसकी नायिका दिपिका पादुकोण भने सडकमा निस्किएर एसिड सम्बन्धि एक सामाजिक सर्वेक्षण गरेकी छिन्।

भारतका पसलहरूमा सजिलै एसिड पाईन्छ कि पाईदैन भन्ने पत्ता लगाउनको लागि सर्वेक्षणपश्चात उनले एक भिडीयो सामग्री प्रस्तुत गरेकी छिन्। तर परीणाम जे निस्कियो, त्यो निकै कहाली लाग्दो रहेको भारतिय सञ्चार माध्यमले जनाएका छन्।

दिपिकाले यहि विषयमा एक भिडीयो सामग्री तयार गरेकी छिन्। जसमा केहि कलाकार आम मानिस बनेर पसलमा एसिड खरदि गर्न जान्छन्। उनीहरूले मानिजको छाला जल्ने एसिड माग्छन्, एक दुई पसलबाहेक सबै पसलले उनीहरूलाई सजिलै एसिड बिक्रि गरे।
दिपिका यी सबै दृश्य कारमा बसेर प्रत्क्ष्य हेरीरहेकी हुन्छिन्।

तब भिडीयोमा दिपिका भन्छिन् ‘हामीले एक दिनमा २४ वोतल एसिड खरीद गरेका छौँ। जबकि भारतको उच्च न्यायलयले एसिड बेच्न सख्त मनाही गरेको छ। एसिड किन्नको लागि व्यक्ति १८ वर्षको हुनुपर्ने, परीचय तथा ठेगाना देखाउनुपर्ने तथा एसिड बेच्नेको पनि लाईसेन्स हुन जरुरी छ।’

प्रतिक्रिया दिनुहोस्