नक्कली नोटसहित २ पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिका-१४ कलंकी चोकबाट नक्कली नोट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँ बस्ने २२ वर्षीय रवि आले मगर रहेका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई १ हजार दरको ३१ थान नेपाली नक्कली नोटसहित पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्