दुर्घटनाका मृतक प्रहरी जवानको सम्मानका साथ अन्त्येष्टि



न्युज अफ नेपाल, पर्वत । 

तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ कालिमाटीमा नेपाल प्रहरी सवार गाडी दुर्घटना मृत्यु भएका प्रहरी जवान सन्दिप केसीको प्रहरी सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

पर्वतको मोदी गाउँपालिका वडा नं ६ गिज्यान घर भै क्षेत्रिय प्रहरी गण पोखरामा कार्यरत केसीको मोदीबेणी घाटमा प्रहरी सम्मानको साथ अन्त्येष्टि गरिएको हो ।

मोदीबेनीमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले प्रहरीको झण्डा ओढाएर सम्मान अर्पण गर्नुभएको थियो भने प्रहरीको टुकडीले शोक शलामी दिएको थियो ।

मृतक केसी नेपाल पुलिस क्लबको भलिबल खेलाडी समेत थिए । जिल्ला प्रहरी कार्यालय बागलुङ्ग दरबन्दी भएपनि उनी खेलाडी भएकै कारण क्षेत्रिय गणमा कार्यरत रहेका थिए । उनी २०७० असोज १५ मा नेपाल प्रहरीमा भर्ना भएका थिए ।

तनहुँ, नवलपुर र चितवनको सङ्गमस्थल देवघाटमा लागेको मकरसंक्रान्तिमेलामा सुरक्षाका लागि गएको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारि घुम्तीमा दुर्घटनामा परेको थियो । गाडीमा ३४ प्रहरी सवार रहेकोमा २९ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्