आफ्नै श्रीमानलाई १९ सयमा बेच्ने अचम्मकी महिला



ऐजेन्सी । केन्याकी एक महिलाले १ हजार ९ सय २४ रुपैयाँमा आफ्नै श्रीमानलाई बिक्री गरेकी छन् । एडना मुकावाना नाम गरेकी उक्त महिलाले श्रीमानलाई बेडरुममा अर्के महिलासँग भेटेपछि सो निर्णय लिएकी हुन् ।

यसअघि पनि उनले सौतासँग केवल १७ डलर लिएर उनको श्रीमानलाई छोड्न लगाएकी थिइन् । श्रीमानकाे फेरी फेरी सोही गल्ती दोहार्‍याएपछि आजित भएकी मुकावानाले १७ डलरमा आफ्नो श्रीमानलाई बेचेकी हुन् । श्रीमानसँग रङ्गेहात पक्राउ परेकी महिलाले १७ डलरको प्रस्ताव राखेपछि मुकावानाले सो प्रस्ताव सहर्स स्वीकार गरेकी हुन् ।

मुकावानाले उक्त पैसाबाट आफ्ना बच्चालाई नयाँ वर्षको अवसरमा नयाँ कपडा किनिदिएकी थिइन् । श्रीमानको व्यवहार नफरिएकाले उनीसँग बस्न नचाहेको मुकावानाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्