साढे एक लाख नगदसहित ५ जुवाडे पक्राउ



न्युज अफ नेपाल, काभ्रेपलाञ्चोक ।

बनेपा नगरपालिका ९ मगर गाँउस्थित जंगलभित्रको चौरमा तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका ३ बस्ने ३७ वर्षीय कृष्ण कुमार तामाङ लगायत ५ जना रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बनेपाबाट गस्तीमा खटिएको प्रहरीले नगद १ लाख ६२ हजार २० रुपैयाँ, ११ वटा मोटरसाइकल, ४ वटा स्कुटर, १ वटा कार र तास ११ बुक सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्