सुश्री मन्त्रीज्यूहरू



इतिहासकै शक्तिशाली सरकारको शक्ति कमजोर गराउने तत्व सलबलाएको ठहर गर्दै गत महिना पीएम ओलीले क्याविनेट गोडमेल गरे। करिव आधा दर्जन मन्त्रीलाई विदा गर्दै सोही हाराहारीमा नयाँ अनुहार थपे। थपिनेमा कोही महिला परेनन् सबै सुकिला अर्थात् पुरुष मात्रै परे।

गोडमेलका क्रममा फालिएकी महिला मन्त्री थममाया थापाको बदलामा आए सुकिला पार्वत गुरुङ। शक्तिशाली सरकारका बलिया खम्बा महिला हुन सक्दैनन् भनेर हो क्यार पहिला तीन फूल मन्त्री रहेको क्याविनेटमा अहिले दुई मात्रै महिला छन्।

‘हामीलाई ‘हेप्नी’, के आधारमा पुरुषलाई महिला मन्त्रालय सुम्पिएको’ भन्ने व्यहोराको नेकपा नेतृहरूको स्वर चर्को भएर हो क्यार विरोध थामथुम गर्न पीएम कार्यालयले पुरुष मन्त्रीलाई पनि ‘सुश्री’ लेख्न थालेछ।

महिला मन्त्री पार्वत गुरुङ र स्वास्थ्य राज्यमन्त्री नवराज रावत पीएम कार्यालयको वेवसाइटमा सूश्रीमा सूचिकृत भा’छन्। आफू मन्त्री भइन भनेर विरोध मात्रै नगरम् माननीयहरू, महिला मन्त्रीको लिस्ट थपिएको पनि बुझौ। हैन भने हेरौ, प्रमाण।

प्रतिक्रिया दिनुहोस्