आयोग अधिकारी प्रशिक्षणका लागि भारतमा



काठमाडौं, (नेस) ।

भ्रष्टाचार निवारणसम्बन्धी प्रशिक्षणमा सहभागी हुन २१ नेपाली अधिकारी भारत पुगेका छन्।‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयक ६ दिने प्रशिक्षणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकारी सहभागी भएका हुन्।

सूचना प्रविधिमा आधारित अनुसन्धान कोर्ष सोमबारदेखि गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटी (जीएफएसयू) मा शुरू भएको छ।

भ्रष्टाचारका कारकको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव र पहिचान साथै रोकथामका लागि प्रयोग हुने विधिमा यो कोर्ष केन्द्रित छ। यस्तो कोर्षमा सहभागी अधिकारीको अनुसन्धान र विश्लेषणात्मक क्षमतामा निखार ल्याउन मद्दत पुग्ने बताइएको छ।

सरकारको आग्रहमा आयोग पदाधिकारी दोस्रोचरणको कोषमा सहभागी भएका हुन्। यस्तै प्रशिक्षणमा यसअघि आयोगका २१ अधिकारी सहभागी भइसकेका छन्।

पहिलो व्याजको टोलीले गत मंसिर ३० देखि पौषसम्म प्रशिक्षण लिइसकेका काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ। प्रशिक्षण भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग अन्तर्गत रहेको दूतावासले प्रष्ट्याएको छ।

 

प्रतिक्रिया दिनुहोस्