कमान्डरको टक्कर



आगामी माघ १० गते रिलिज हुने फिल्म कमान्डरको ट्रेलर सार्वजनीक गरिएको छ। ट्रेलरमा अनुप प्रहरी अधिकृत र रवीन तस्करको भूमिकामा प्रस्तुत भएका छन्।

फिल्ममा अभिनेता अनुपविक्रम शाही र रवीन तामाङबीच टक्कर देखिन्छ। एलआर विवेक सापकोटाको निर्देशनमा बनेको फिल्म सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माणमा बनेको छ।

फिल्ममा अनुपविक्रम र रवीनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन्।

फिल्मको सहनिर्मातामा सावनजंग राणा छन्। फिल्म भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलीबेटी बेचबिखनलगायतका समसामयिक विषयमा केन्द्रित रहेको निर्देशक एलआरले जानकारी गराए। दिव्य सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यको कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ।

प्रतिक्रिया दिनुहोस्