टिभी च्यानल परिवर्तन गरेको रिसमा आफ्नै प्रेमीलाई टोकेर घाइते बनाउने प्रेमीका पक्राउ


ऐजेन्सी । अमेरीकाको उत्तर क्यारोलिना, लेक्सिंगटनकी २१ वर्षीया एबी निकोल सौन्डर्सलाई उनकै २९ वर्षीय प्रेमी ब्रान्डन कोडी निकोलस म्याकडेललाई टोकेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

शनिबारको दिन घरमा टिभी हेर्दै गर्दा आफ्नो अनुमति बिना नै कोडीले च्यानल चेन्ज गरेका कारण एबीले आफ्नै प्रेमीलाई टोकेकी छन् । घटनाको दिन एबी आफूलाई मनपर्ने टिभि कार्यक्रम हेर्दैथिइन् । सोही समयमा कोडीले अर्को च्यानल लगाएपछि एकोहोरीएर टिभी हेरिरहेकी एबी निकै रिसाइन् । उनले रिसको झोकमा आफ्रनै प्रेमीलाई पटक पटक झम्टिएर टोकेकी थिइन् ।

घरमा फैलिएको अशान्तिका कारण घटना भएको केही समयमै प्रहरी उक्त स्थानमा आइपुगेको थियो । प्रहरी आएर घटनाको छानबिन गर्दा कोडीको घाँटी, दाहिने पाखुरा र छातिमा टोकेको घाउ भेटिएको थियो ।

घटनापछि पक्राउ परेकी एबीलाई प्रहरीले घरेलु हिंसा सम्बन्धिको आरोप लगाएको छ । प्रेमिकाको टोकाइमा परेका कोडीलाई उपचारका लागि अस्पताल पठाइएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।