न्युज अफ नेपाल, काठमाडौँ ।
गत २९ गते देखि प्रदेश–३ प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा जुनियर प्रहरी अधिकृतहरुको दोस्रो प्रशिक्षक प्रशिक्षण सम्बन्धी १६ दिने तालिम बुधबार आज पुस१६ गते प्रवउ सन्दिप भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त तालिममा प्रदेश–२ तथा प्रदेश–३ प्रहरी कार्यालय अन्तर्गतका विभिन्न प्रहरी इकाईहरुबाट कम्तीमा स्नातक उपाधि प्राप्त मध्ये प्रनानि १३ र प्रसनि १७ गरी जम्मा ३० जना प्रशिक्षार्थीहरु समावेश भएका थिए ।
तालिम समापनको अवसरमा प्रवउ भण्डारीले सफलतापूर्वक तालिम सम्पन्न गरेका सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा उदाहरणीय रुपमा प्रभावकारी तवरले कार्य सम्पादन गर्ने अपेक्षा राखेको बताउनुभयो ।
उक्त तालिम समापन कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक चिरञ्जिवि दाहालले तालिम सम्बन्धि प्रतिवेदन पेश गर्नु भएको थियो भने प्रशिक्षार्थिहरुको तर्फबाट प्रना नि लोकदर्शन देवकोटाले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्ने प्रतिबद्वता व्यक्त गर्नु भएको थियो ।
साथै प्रवउ भण्डारीले सिनियर प्रहरी अधिकृतहरुका लागि समेत तयार गरिएको पाठ्यक्रम अनुसार नै गराइएको यो तालिम अन्तराष्ट्रिय मापदण्ड अनुरुप सञ्चालन भएकोले जुनियर प्रहरी अधिकृतहरुले पनि कार्य क्षेत्रमा उत्कृष्ट र अव्वल रुपमा क्षमता प्रस्तुत गर्ने छन् भन्ने विश्वास व्यक्त गर्नु भएको थियो ।











प्रतिक्रिया