गण्डकी प्रदेशका सरकारी अस्पतालमा बिशेषज्ञ डाक्टर नहुँदा बिरामी मारमा


दुर्गाप्रसाद शर्मा, पर्वत ।
गण्डकी प्रदेश भित्रका सरकारी अस्पताल दरबन्दी र बिशेषज्ञ डाक्टरको अभाबमा गुणस्तरीय र छिटो छरितो स्वास्थ्य सेवा दिनका लागि समस्या झेलिरहेका छन ।
गण्डकी प्रदेशका अस्पतालहरुका अध्यक्ष र पदाधिकारीहरुको पर्वतको कुस्मामा भएको भेलाले गुणस्तरीय र सहज स्वास्थ्य सेवाका लागि दरबन्दी र बिशेषज्ञ डाक्टर अभाब नै बाधक भएको निष्र्कष निकालेका हुन ।
प्रदेश सरकार मातहत सञ्चालित अस्पतालमा आबश्यकता अनुसार बिशेषज्ञ डाक्टर नआउने र दरबन्दी अनुसार कर्मचारी नपठाउने गर्दा प्रभाबकारी सेवा दिन नसकेको निष्कर्ष निकालेको पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । ‘अस्पतालहरुमा सबैभन्दा बढी समस्या दरबन्दीको छ ।’ उहाँले भन्नुभयो–‘बिशेषज्ञ डाक्टर नै आउनै मान्दैनन’ नबौ तहका बिशेषज्ञ डाक्टर आउन नमान्ने हुँदा क्षमता अनुसार सेव दिन नसकेको अस्पताल बिकास समितिका अध्यक्षहरुको निष्कर्ष छ । बिगतमा अञ्चल अस्पतालको रुपमा रहेको बागलुङ्ग अस्पतालमा एक जना मात्रै बिशेषज्ञ डाक्टर छन । नाक कान घाँटी रोग बिषेशज्ञ डा. शैलेन्द्र बि पोखरेल एक जना मात्रै स्थानिय भएका कारण कार्यरत छन । म्याग्दी, स्याङ्गजा , गोर्खा लगायतका अस्पतामा दरबन्दी भएपनि बिशेषज्ञ डाक्टर नै बन्दैनन। ’ भेलाले अस्पतालहरुमा समस्याको रुपमा रहेको दरवन्दी माग गर्ने र दरवन्दी निश्चित गर्न तत्काल ओ एण्ड एम गर्ने निर्णय गरेको छ ।
५० शैयाको अस्पतालहरुमा दरबन्दी भएपनि जनशक्ति आएको छैन भने क्षमता बिस्तारको चरणमा रहेका अस्पतालमा नयाँ ओएनएम नहुँदा दरबन्दी अभाब । पर्वत अस्पतालमा आवश्यक विशेषज्ञ, कन्सल्टेन्ट, मेडिकल अधिकृत, ल्याव, फार्मेसी काज जनशक्ति तत्काल व्यवस्था नगर्ने हो भने अस्पतालले चाहे अनुसार सेवा दिनै नसक्ने अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो ।
अस्पतालहरुमा बजेट संगै खर्च गर्ने कार्यबिधी नआउँदा पनि अप्ठेरो परिरहेको छ । असारमा बजेट आएपनि पौषको मध्य सम्म पनि खर्च गर्न कार्यबिधी आएको छैन । बजेट संगै खर्च गर्ने कार्यबिधी आउने हो भने धेरै सहज हुने निष्कर्ष निकालिएको छलफलमा सहभागी बागलुङ्ग अस्पताल सञ्चालक समितिका सदस्य शालिग्राम शर्माले बताउनुभयो । ‘अस्पतालमा आउने बजेट सँगै कार्यबिधि पनि आउनुपर्ने माग गरेका छौ’ उहाँले भन्नुभयो ’ उहाँले भन्नुभयो ‘औषधी खरिद गर्दा पनि जटिलता छ, यसलाई समाधान गरिनुपर्छ’
यसैगरि अस्पतालहरुमा उपकरण बिग्रेको अबस्थामा मर्मत गर्ने जनशक्ति नहुँदा पनि उपकरण बिग्रदा मर्मत गर्न कठिन भएको छ । पोखरामा रहेका अस्पतालमा मर्मत गर्ने बायो मेडिकल इन्जिनियरहरु रहेपनि जिल्लास्तरका अस्पतालमा १५ दिन सम्म पनि बिग्रेका उपकरण मर्मत नहुने समस्या रहेको छ । भेलाले सवै अस्पतालहरुलाई सवारीसाधन दिनुपर्ने, समितिको आम्दानी समितिले नै संचालन गर्न पाउनुपर्ने, अस्पतालका समस्या तत्काल समाधान गर्नका लागि स्वास्थ्य महाशाखा, स्वास्थ्य निर्देशनालय, आपुर्ति, तालिम लगायतका निकायको भूमिका बढाउनुपर्ने माग पनि गरिएको छ ।
सोही भेलाले पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा पाँच सदस्यीय गण्डकी प्रदेश अस्पताल व्यवस्थापन समन्वय समिति समेत गठन गरेको छ । जसमा मुस्ताङदेखि नवलपुरसम्मको प्रतिनिधित्व हुनेगरी सदस्यहरु रहनुभएको छ ।