नेपाल भ्रमण वर्ष रसुवामा शुभारम्भ


सरस्वती न्यौपाने, रसुवा ।
नेपाल भ्रमण वर्ष २०२० को रसुवामा औपचारीक रुपमा शुभारम्भ भएको छ ।
कार्यक्रमको उद्घाटन जि.स.स. प्रमुख कुलप्रसाद भट्टले गर्नु भएको हो । लामाझाक्री र छात्रनाच समेतको ¥याली गरी शुभारम्भ गरिएको हो र ६ जनाविदेशीलाई समेत सम्मान गरिएको हो ।
बुधबार विहान चिन र नेपालको सिमाना रसुवागढी स्थित मितेरी पुलमा चिनियाँ पर्यटकलाई भव्य स्वागत गरि नयाँ वर्षको पहिलो दिन ९२ चिनिया पर्यटकको स्वागत गरिएको थियो । तातोपानी नाकापछिको एक मात्र रसुवागढीनाका २०७२ मंसिर देखि चिनियाँपर्यटक यो नाकाप्रयोग गर्दै आएको छनभने २०७४ सालभदौ देखि चिन सरकारले यस गढीलाई अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेको हो ।
नेपाल भ्रमण मनाउन गोसाईकुण्ड गाउँपालिका जिल्ला स्तरीय सहजीकरण तथा समन्वय समिति रसुवा चेम्बर अफकमर्स लगाएतले नेपाल भ्रमणमा आएका चिनियाना गरिकलाई खादा, मालाले स्वागत गरेको थिए ।
यस्तै सदरमुकाम धुन्चेमा पनि भ्रमण वर्ष २०२० केक काटेर शुभारम्भ भएको थियो । लामाझाक्री, छत्रनाच नागरिक समाज, विभिन्न संघ संस्थालगाएत स्थानियवासीहरु लगाएतको उपस्थितीमा स्थानिय कला झल्कीने नृत्य समेत प्रस्तुतभएकाथिए ।