४ किलो अवैध लागूऔषध सहित पक्राउ


 

काठमाडौं ।

चन्द्रगिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलो ८ सय ग्राम सहित मकवानपुर थाहा नगरपालिका-७ घर भएका ५९ वर्षीय भगवान खत्रीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौतर्फ आउँदै गरेको ना.१ ज ५३७१ नम्बरको टाटासुमो गाडीलाई जाँच गर्ने क्रममा खत्रीले झोलामा लुकाइछिपाई ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।