कसले जित्छ कामना अवार्ड !



कामना न्यूज पब्लिकेसन्स्का आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुँदै आएको कामना फिल्म अवार्डस्को पाँचौं संस्करण गोदरेज नम्बर वान कामना फिल्म अवार्डस्–२०७६ आगामी पुस १९ गते राजधानीमा हुँदै छ। अवार्डको विभिन्न विधाको मनोनयमा परेका फिल्मकर्मीको नजरमा उनीहरूको विधाको अवार्ड कसले जित्छ? आजदेखि हामी क्रमशः प्रकाशित गर्दै जानेछौं।

विधा : शृंगार

दिपु पौडेलको नाम लिन्छु
श्याम लामा
फिल्म :चक्कर

मेरो विचारमा फिल्म डमरुको डन्डिबियोबाट दिपु पौडेलले शृंगारको अवार्ड जित्नुहुनेछ। किनभने उक्त फिल्ममा एकदमै मेहनतका साथ पात्रलाई नेचुरल लुक दिइएको छ।

आर्ट प्रयोग गरेर नेचुरल लुक दिनुभनेको गाह्रो काम हो। उक्त फिल्ममा कथा सुहाउँदो मेकअप छ। हुन त सबैलेजस्तै मैले पनि काममा मेहनत गरेको छु। तर पनि कमी–कमजोरी भएका होलान्। त्यस कारण अवार्ड विजेताका रूपमा दिपु पौडेलको नाम लिन्छु।

अवार्ड पुरानालाई दिइन्छ

दिपु पौडेल
फिल्म : डमरुको डन्डिबियो

मैले अरूको कामको मूल्यांकन गर्न त मिल्दैन होला। तर, कामको क्रियटिभी र क्यारेक्टर सुहाउँदो मेकअप छ कि छैन भन्ने कुरा ध्यानमा राखेर अवार्ड दिँदा राम्रो हुन्छ। कतिपय अवार्डमा पुरानो मान्छे हो भनेर अवार्ड दिने गरिन्छ।

नयाँ मान्छेले पनि राम्रो काम गर्न सक्छन् भन्ने कुरा ध्यानमा राखिँदैन भने नाम चलेका ठूला फिल्मबाट मात्र अवार्ड दिने चलन पनि छ। फिल्म नचले पनि, सानो फिल्म भए पनि त्यसमा राम्रो काम हुन सक्छ त्यसमा ध्यान दिनुपर्छ जस्तो लाग्छ।

राम्रो मान्छेले जित्छ
सरोज बुढाथोकी
फिल्म : जानी नजानी र भिलेन

सबैको काम राम्रो छ। यस कारण मैले नै अवार्ड जित्नुपर्छ भन्दिनँ। कामना फिल्म अवार्ड निष्पक्ष छ। यस कारण राम्रो मान्छेले अवार्ड जित्नेछ।

नबोलौं होला
श्याम बराल
फिल्म : नाइँ नभन्नु ल–५

यो बारेमा नबोलौं होला। किनभने मैले कुनै पनि फिल्म हेरेको छैन। अवार्ड भनेको जसले राम्रो काम गरेको छ, उसैले पाउने त हो नि।

विधा : ध्वनि मिश्रण

मुकेशले जित्छ कि !
सुनयमान श्रेष्ठ
फिल्म : छक्का पञ्जा–३

सबै कम्पिटिटरको काम राम्रो छ। मुकेश शाह दुई फिल्मबाट नोमिनेसनमा छ, सायद उसैले जित्छ कि? उसको काम राम्रो छ। हुन त मेरो काम पनि नराम्रो भन्न खोजेको होइन, मुकेश मसँग धेरै वर्ष काम गरेको भाइ हो, उसले जिते राम्रो।

भन्न सकिँदैन
मुकेश शाह
फिल्म : नाइँ नभन्नु ल–५ र डमरुको डन्डिबियो

अवार्ड कसले जित्छ भन्न सकिँदैन। मनोनयनमा पर्नु नै मेरा लागि खुसीको कुरा हो।

राम्रो कामले पाउने हो
उत्तम न्यौपाने
फिल्म : प्रसाद

अवार्ड त जसले राम्रो काम गरेको छ, उसैले पाउने त हो नि। मैले फिल्म त हेरेको छैन। तर, ट्रेलर हेर्दा सबै मुभीको ध्वनि मिश्रण राम्रो लागेको छ।

म पनि दाबेदार
निरज सुवेदी (केसी)
फिल्म : बोबी

सबैलाई आफूले गरेको काम राम्रो लाग्छ र मेहनत गरेको हुन्छ। मैले पनि आफ्नो तर्फबाट बेस्ट दिएको छु। सबै अवार्डको दाबेदार छौं। आफैंले जितोस् भन्ने सबैलाई लाग्छ, मलाई पनि लागेको छ। अवार्ड कसले जित्ने भन्नेचाहिँ जुरीमा भर पर्छ।

विधा : पाश्र्व संगीत

मलाई के थाहा
शैलेश श्रेष्ठ
फिल्म : ए मेरो हजुर–३

अवार्ड कसले जित्छ मलाई त थाहा छैन, मलाई कसरी थाहा हुन्छ र?

भन्न सक्दिनँ
एलिस कार्की
फिल्म :  भैरे, डमरुको डन्डिबियो र नाइँ नभन्नु ल–५

मेरा लागि नोमिनेसनमा पर्नु नै ठूलो कुरा हो। यसपटक ३ वटा फिल्मबाट नोमिनेसनमा परेको रहेछु। आफूले काम गरेकोबाहेक अन्य दुईवटा फिल्म त हेरेको छैन। तर, ए मेरो हजुर–३ राम्रो रेस्पोन्स पाएको फिल्म हो।

मैले आफूले काम गरेको भैरेमा पनि लोकेसनवाइज म्युजिक दिने कोशिस गरेको छु। डमरुको डन्डिबियो तथा नाइँ नभन्नु ल–५ मा पनि उत्तिकै मेहनत गरेको छु, तर अवार्ड कुन फिल्मबाट जित्छ भन्न सक्दिनँ।

अनुमान गर्न सकिन्न
पुष्पा पलान्चोकी
फिल्म :  चक्कर

सबै फिल्म हेरेको छैन। यस कारण कुन फिल्मले जित्ला अनुमान लगाउन सक्दिनँ। पर्सनल्ली कुरा गर्दा म फिल्मको शौखिन होइन। आएको काम म र मेरो हसवेन्ड सँगै मिलेर गर्छौं।

https://youtu.be/nrDDHjN9p24

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/ut2NR52PHu8

 

प्रतिक्रिया दिनुहोस्