१८ औँ सेञ्चुरी ल्होसार मेलाको तयारी पुरा



टंकराज अधिकारी, पोखरा ।

कास्कीको अन्नपुर्ण गाँउपालिका–११ छोम्रोङ स्थित सेञ्चुरी युवा क्लबले सञ्चालन गर्न गईरहेको १८ औं सेञ्चुरी ल्होसार मेला-२०७६ को तयारी पुरा भएको छ ।

पौष ५ गते देखि ९ गते सम्म तमु ल्होसारको अवसर पारी आयोजना गर्न गईरहेको मेलाको तयारी पूरा भएको मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सेञ्चुरी क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिनु भएको छ ।

पौष ६ गते गंडकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुंगको प्रमुख आतिथ्यतामा उद्घाटन हुने ल्होसार मेलामा ५ गतेदेख़ि नै खेलकुदका कार्यक्रम संचालन हुने अध्यक्ष गुरुङले बताउनु भयों । उहाँका अनुसार कार्यक्रमको मुख्य आकर्षण पौष ६ गते इन्द्रेनी दोहरी साँझ काठमाँड़ौको विशेष प्रस्तुति रहने छ ।

“ब्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण” भन्ने नाराका साथ २०५८ मा स्थापित क्लबले आफ्नो स्थापना दखि नैं पुरुष भलिवलरबास्केटबल, महिला भलिबल, पौढ भलिबल, रस्सि तान्ने, ठेलो हान्ने जस्ता विभिन्न खेलकुद सँगसगै सास्कृतिक कार्यक्रमहरु गर्दै आएको अध्यक्ष गुरुङले बताउनु भयों।

५ दिनसम्म सञ्चालन हुने मेलामा बिभिन्न प्रतियोगिता मध्ये क्लब स्तरिय पुरुष भलिवलमा १२ टिम, पुरुष बास्केटबलमा १० टिम, महिला भलिवलमा ८ टीम र प्रौढ़ भलिवलमा ८ टिमको सहभागिता रहेको मेला आयोजक समितिका संयोजक राजकुमार गुरुङले जानकारी दिनुभयों।

क्लब स्तरिय पुरुष बास्केटबल र भलिबलमा प्रथम हुनेले ८० हजार नगद सहित मेडल ट्रफि र प्रमाण-पत्र हात पार्ने छन भने द्धित्तिय स्थान ल्याउनेले ५० हजार नगद सहित मेडल ट्रफि र प्रमाण-पत्र पाउने छन् । यसै गरि महिला भलिबल तर्फ प्रथम स्थान प्राप्त गर्नेले ५० हजार नगद सहित मेडल ट्रफि र प्रमाण-पत्र र दोश्रो स्थानको लागि ३० हजार नगद सहित मेडल ट्रफि र प्रमाण-पत्र रहेको छ । पौढ भलिबलको लागि प्रथम २० हजार द्धित्तियको लागि १० हजार नगद सहित मेडल र प्रमाण-पत्र प्रदान गरिने मेलाका प्रचारप्रसार संयोजक जगदीश गुरुङले जानकारी दिनु भयो।

मेला सम्पन्न गर्नका लागि सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङको अध्यक्षतामा बिभिन्न ११ संयोजक गठन गरिएको छ । मेलाको मुख्य प्रायोजकमा छोम्रोंग पर्यटन ब्यवसायी समिति घांद्रुक, प्रायोजक़मा अर्ना बियर, खुकुरी रम, सह–प्रायोजक अन्नपूर्ण गाऊँपालिका कास्की, नेपाल टुरिजम बोर्ड, एक्याप, अन्नपूर्ण गाऊँपालिका वड़ा नं ११ छोम्रोङ लगाएतका बिभिन्न सामाजिक संघ संस्थाहरू रहेका क्लबका सचिव दिपक गुरुङले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्