सागको बक्सिङतर्फ स्वर्ण विजेता पुरस्कृत



नेपाल समाचारपत्र, काठमाडौं।

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत् बक्सिङतर्फ स्वर्ण विजेता तीन खेलाडी मंगलबार पुरस्कृत भएका छन्।

स्वर्ण जितेका सनिल शाही, भुपेन्द्र थापा र मिनु गुरुङलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष विष्णुगोपाल श्रेष्ठले व्यक्तिगत नगद पुरस्कार प्रदान गरे। अवालेले जनही १ लाख ५० हजार तथा श्रेष्ठले जनही ५० हजार नगद पुरस्कार प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्