माटोको ढिस्कोले पुरिएर मृत्यु  


न्युज अफ नेपाल, तनहुँ ।

माटोको ढिस्कोले पुरिएर तनहुँमा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका–८ को चैनपुर बस्ने ५८ वर्षीय काले परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे छ ।

साेही वडाकाे टुकमराङमा एक ढुङ्गाखानीमा चार जनाले काम गर्दै गरेको अवस्थामा अचानक माटोको ढिस्को खस्दा अन्य तीनजना भाग्न सफल भए पनि परियारको भने ढिस्कोले पुरिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।